Home अर्थ/व्यापार हेटौंडाको थोक बजारमा आज तरकारीको थोक बजार मूल्य, अधिकांश तरकारी सस्तियो

हेटौंडाको थोक बजारमा आज तरकारीको थोक बजार मूल्य, अधिकांश तरकारी सस्तियो

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा आज अधिकांश तरकारीको भाउ घटेको छ । काउली, बन्दा, गोलभेँडा, बोडी, भिन्डी, घिरौंला, च्याउको भाउ घटेको छ । मागको तुलना उत्पादन कम भएसँगै हेटौंडामा तरकारीको भाउ घटेको हो ।

हेटौंडामा मकवानपुरकै थाहा नगरपालिकाको काउली र चितवनबाट गोलभेँडा, बोडी, भिन्टी, घिरौंला आउने गरेको छ । थोक बजारमा आज घिउ सिमी र मटरकोसा आएको छैन । केही दिनको असिनापानीका कारण घिउ सिमीको उत्पादन नै हुन सकेको छैन ।

Exit mobile version