Home मुख्य समाचार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा नियुक्त डा. सुरेन्द्र शेरचनलाई सपथ गराइँदै ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त हुनुभएको छ । उहाँलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको उपस्थितिमा सपथग्रहण गराउनुभएको हो । यसअघिका रेक्टर डा. सतिश कुमार देवले राजिनामा दिनुभएपछि स्वास्थ्य मन्त्रालयले डा. शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो । प्रतिष्ठानमा रेक्टर शिक्षाध्यक्ष हुने प्रावधान छ ।

Exit mobile version