हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि मतदान भइरहेको छ। बिहान ११ बजेसम्म ६६० जनाले मतदान गरेका छन्।
मकवानपुर बहुमुखी क्याम्पसमा ३ हजार ९१ मतदाता रहेका छन्। निर्वाचन अधिकृत यम बहादुर सिलवालका अनुसार निर्वाचन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा भइरहेको छ।
मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट नवराज शर्मा पौडेल र अखिल क्रान्तिकारीबाट छोइसाङ लामा उम्मेदवार बनेका छन्।
निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। मकवानपुर बहुमुखी क्याम्पसले ६ वटा मतदान केन्द्र निर्धारण गरेको छ।
