Home Uncategorized बैंक बन्द गर्न मउवासंघको माग

बैंक बन्द गर्न मउवासंघको माग

ज्ञापनपत्र दिदै,

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले भोलि मंगलबार हेटौंडाका बैंकहरु बन्द गराउन सहयोग गरिदिन भन्दै बैंकका शाखा प्रबन्धकहरुलाई ज्ञापनपत्र बुझाएका छन् । उद्योगी, व्यवसायी पीडित भएको अवस्थामा बैंकको चर्को व्याजले ग्रसित भएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा चरणबद्ध आन्दोलन जारी छ ।

व्यवसायीको समूहले सोमबार हेटौंडा बजार क्षेत्रमा रहेका बैंकमा पुगेर शाखा प्रबन्धकलाई ज्ञापनपत्र बुझाएका हुन् । आर्थिक मन्दीले ग्रस्त उद्योग÷व्यवसाय क्षेत्र र सर्वसाधारणलाई थप पीडा दिन बैंकहरुले व्याजदर वृद्धि गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो ।

Exit mobile version