Home मुख्य समाचार एक महिना बितिसक्दा बनेन विव्यस

एक महिना बितिसक्दा बनेन विव्यस

चन्द्रोदय माध्यमिक विद्यालयको फाईल तस्विर

हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्य (विव्यस) चयन हुन सकेको छैन । गत माघ २८ गते विद्यालयको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति सदस्य सर्वसम्मत चयन गर्न नसकेपछि एक हप्ताका लागि समय तोकिएको थियोे । तर हालसम्म २ पटक बैठक बसेपनि विद्यालय व्यवस्थापन समिति सदस्य चयन हुन सकेको छैन ।

चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले शिक्षा नियमावली विपरीत विद्यालय व्यवस्थापन समिति सदस्य चयन गर्न नमिल्ने बताउनुभयो । समितिको सदस्य चयनका लागि आधिकारिक सहमति हुन बाँकी रहेकाले विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको उहाँले बताउनुभयो ।

अभिभावकबाट नै सकारात्मकरुपमा मिलेर कम्तिमा २ जना महिलाको प्रतिनिधित्व हुने गरी ४ जना सदस्य चयन गर्नुपर्ने हुन्छ । उहाँका अनुसार सांघुुरो घेराका बीच हालसम्म ४ जना सदस्यका लागि ६ जनाले आकांक्षा राख्नुभएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य चयन गर्न अनौपचारिक रुपमा बाटो खुला हुने उहाको भनाइ छ । १४ जनामध्ये १ जना आकांक्षीबाट बाहिरिएका भएपनि अन्यको हकमा औपचारिक निर्णय गर्न बाँकी रहेको दावी उहाँले गर्नुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी बज्रकिशोर गुप्ताले गत माघ ११ गते विद्यालय व्यवस्थापन समिति सदस्यको म्याद सकिएको बताउनुभयो । नयाँ कार्यसमितिका लागि ८ जना महिला र ६ जना पुरुषले आकाक्षा राखेपछि अहिलेसम्म विद्यालय व्यवस्थापन समिति सदस्य हुन नसकेको जानकारी दिनुभयो । केही दिनभित्र शिक्षा ऐन कार्यान्वयन गरी विद्यालय व्यवस्थापन समितिका लाग सदस्यको टुंगो लाग्ने उहाँले बताउनुभयो ।

Exit mobile version