उपमेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधी विजेता मोक्तान र अर्यालको जोडी ।

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा आयोजना भएको चौथो संस्करणको उपमेयर कप व्याडमिन्टन कप प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी थाहा–१० को बिसिङ्खेल ‘ए’ टिमका नरेन्द्र मोक्तान र देवकुमार अर्यालले जितेको छ ।

थाहा–३, क्याम्पाडाँडास्थित व्याड्मिन्टन हलमा भएको फाइनल खेलमा ओम नमः शिवायको टोलीलाई ३–० को सोझो सेटले पराजित गर्दै बिसिङ्खेलले उपाधी जितेको हो । उपाधी हातपारेसँगै बिसिङ्खेल टिमले २० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता ओम नमः शिवायले १० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिसिङ्खेलका अर्याल घोषित भएको छ ।

प्रतियोगिताका संयोजक यादव जंग रायमाझीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजीत घिमिरे, ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी र ४ का नारायण लामा लगायतको आतिथ्य रहेको थियो ।