हेटौंडाः नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्ष पदमा पूर्णप्रसाद अर्याल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा देबी प्रसाद गौतमलाई १३ मतले पछि पार्दै अर्याल निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा शिबराज पुडासैनी र सचिबमा अजित उप्रेती निर्वाचित भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा सन्तोषी बर्तौला, सहकोषाध्यक्षमा निता सुबेदी अर्याल, सहसचिवमा सत्रुधन बैठा सर्वसम्मत निर्वाचित भएका छन् । एसोसिएसनको सदस्यहरुमा जानुका अर्याल, ध्रुब प्रसाद लामिछाने, राजेश लामा मुक्तान, समाज बिष्ट, सरिता भट्टराई, सरिता गोपाली र ज्ञानु परियार निर्विरोध निर्वाचित भएका निर्वाचन कार्यक्रम संयोजक प्रकाश लामा थोकरले बताउनुभयो ।
