Home अर्थ/व्यापार आज हेटौंडाको थोक तरकारी बजारमा तरकारीको थोक मूल्य

आज हेटौंडाको थोक तरकारी बजारमा तरकारीको थोक मूल्य

हेटौंडाः आज बैशाख २२ गते पनि मकवानपुर जिल्लाको सदरमुकाम बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा तरकारीको थोक बजार मूल्यमा सामान्य हेरफेर भएको छ । काउली, बन्दा, भ्यान्टा, मुला, काँक्रो, हरियो खुर्सानी, रायोगको सागको मूल्यमा कुनै हेरफेर भएको छैन भने गोलभेँडा हिजो भन्दा प्रतिकेजी ५ रुपैयाँ सस्तो भएर प्रतिकेजी २० रुपैयाँमा कारोबार भएको छ । भिन्डी केही महंगो भएको छ । हिजो ५५ रुपैयाँ प्रतिकेजीमा कारोबार भएको भिन्डी आज प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तरकारीको थोकमूल्यको तुलना उपभोक्ताले बढी मूल्य तिर्नु परेको गुनासो आइरहेको छ । थोक व्यवसायीका अनुसार तरकारीको प्रकृति हेरेर थोक मूल्यमा प्रतिकेजी १० देखि १५ रुपैयाँ थप गरेर खुद्रा मूल्य कायम गर्दा व्यवसायीले उचित लाभ पाउने र उपभोक्ताले पनि वास्तविक मूल्यमा तरकारी खरिद गर्न पाउने बताउँछन् । थोक तरकारी व्यवसायी बद्रि घिमिरेका अनुसार काउली, बन्दा जस्ता केही तरकारीमा प्रतिकेजी १५ रुपैयाँ र अन्य तरकारीमा १० रुपैयाँ थप गरेर उपभोक्ता मूल्य कायम गर्न सकिने बताउनुहुन्छ ।

Exit mobile version