Home मुख्य समाचार सिद्धार्थ शिशु सदनको ४३ औं अभिभावक दिवस

सिद्धार्थ शिशु सदनको ४३ औं अभिभावक दिवस

अभिभावक दिवसमा नृत्य कला प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा-५, सानो पोखरास्थित सिद्धार्थ शिशु सदन बोर्डिङ स्कूलको ४३ औं अभिभावक दिवस शुक्रबार आयोजना गरिएको छ । विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।

कार्यक्रममा मेयर लामाले अहिलेको मागअनुसार अंग्रेजी माध्यम महत्त्वपूर्ण रहेको बताउनुभयो । अभिभावक दिवसमा कक्षा १ देखि १० सम्मका कक्षागतरुपमा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई स्टेशनरी सामग्रीले पुरस्कृत गरिएको छ । यस्तै, खेलकुद, अनुशासन र एसईईमा उत्कृष्ट विद्यार्थीलाई पनि स्टेशनरी सामग्रीले पुरस्कृत गरिएको छ ।

दिवस समारोहमा रिलायन्स इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल केशवलाल श्रेष्ठ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदी, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शिक्षा अधिकृत उन्नति ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अर्याललगायतको उपस्थिति थियो । दिवस समारोहमा विद्यार्थीले नृत्य, गायनजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Exit mobile version