रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लकडाउनका बाबजुद भौतिक दुरिलाई कायम राख्दै ट्रेड युनियन कांग्रेसले रक्तसञ्चार केन्द्र हेटौंडामै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सम्पूर्ण मजदुरलाई शुभकामना दिँदै ट्रेड युनियन कांग्रेसले रक्तदानको आयोजना गरेको जनाएको छ ।