Home मुख्य समाचार उच्च अदालत बारमा खतिवडाको प्यानल विजयी

उच्च अदालत बारमा खतिवडाको प्यानल विजयी

नयाँ समिति निर्वाचित भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः उच्च अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा अरुण कुमार खतिवडा निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा २९ मतसहित खतिवडा निर्वाचित हुनु भएको हो । अर्का आकांक्षी मनप्रसाद भट्टराईले २५ मत मात्रै प्राप्त गर्नु भयो ।

पदाधिकारीमा खतिवडाकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा हरिप्रसाद भट्ट (३५ मत), कोषाध्यक्षमा सम्पत कुमार काफ्ले (३० मत) र सहसचिवमा रमा चौलागाईं (३२ मत) निर्वाचित हुनु भयो । यसअघि सचिवमा श्रद्धा ढुंगाना, सदस्यमा ज्ञानेश्वर प्रसाद फुयाँल, सुवासचन्द्र अधिकारी, दिपेन्द्र बानिया, कृष्ण प्रसाद अर्याल, कृष्ण प्रसाद खतिवडा, मोहनप्रसाद ढकाल र सुजन तिमल्सिना र रिना प्याकुरेल सर्वसम्मत निर्वाचित भएका थिए । पार्षद्मा मोहनप्रसाद भट्टराई (३४ मत), शुभलक्ष्मी श्रेष्ठ (३३ मत) र रामकृष्ण देउला (३१ मत) निर्वाचित हुनु भएको छ ।

भट्टराई प्यानलबाट उपाध्यक्षमा प्रमिला केसी (१९ मत), कोषाध्यक्षमा निरज मैनाली (२३ मत), सहसचिवमा ज्योति घिमिरे (२० मत) पराजित हुनुभयो । केन्द्रीय पार्षदमा तेजप्रसाद रुपाखेती (२७ मत) र एकनारायण शर्मा पौडेल (१९ मत) पराजित हुनुभयो । उच्च अदालत बार हेटौंडामा ५८ जना सदस्य छन् । भट्टराई नेकपा एमाले निकट वकिल समूहको उम्मेदवार हुनुहुन्थ्यो भने खतिवडा माओवादी र काँग्रेस गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो । बारमा निर्वाचित नयाँ समितिको कार्यकाल २ वर्षको हुनेछ ।

Exit mobile version