हेटौंडाः आज आइतबार बिहान ८ बजेर २० मिनेटको समयमा बोलेरो गाडी आफैं अनियन्त्रित भएर दुर्घटना भएको छ । हेटौंडा १५ सन्सारे पुल नजिक पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट चितवनतर्फ आउँदै गरेको बा.प्र.०३–००१ च १९४६ नम्बरको पिकअप बोलेरो गाडी आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी क्षति भएको छ भने गाडीमा लोड १२० पेटि(२५३८० पिस) अण्डा पुर्ण रुपले क्षति भएको छ । दुर्घटनामा अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
