हेटौंडाः मकवानपुरको थाहा नगरपालिका–४ स्थित हिमालयन ईङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलको अभिभावक भेला तथा पुरस्कर वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । भेलाले विद्यालयका संस्थापक पुरुषोत्तम कार्कीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा अभिभावक सरोज बिष्ट, नवराज कार्की, उर्वशी रायमाझी चयन हुनुभएको छ । त्यस्तै समितिमा विद्यार्थी सिम्रन खड्का, शिक्षक प्रतिनिधि लक्ष्मी पौडेल चयन हुनुभएको छ । समितिमा नगर शिक्षा समितिबाट १ जना र वडा जनाप्रतिनिधिबाट १ जना सदस्य रहने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिब बाबुलाल कार्कीले बताउनुभयो । यसैबीच शुक्रबार नै विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
विद्यालयका शिक्षक सुशान्त गोपालीको संयोजकत्वमा भएको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्राध्यापक रामहरि अधिकारी, न्यु भिजन एकेडेमीका प्रधानाध्यापक सुदर्शन कार्की, थाहानगर कार्यपालिका सदस्य पबित्रा ठकुरी कार्की, ३ नम्बर वडा सदस्य कविता बिष्ट लगायतको आतिथ्य रहेको थियो । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन हुँदै आएको छ ।
