Home मुख्य समाचार खानेपानी तथा सरसफाई योजना उपभोक्तालाई हस्तान्तरण

खानेपानी तथा सरसफाई योजना उपभोक्तालाई हस्तान्तरण

परियोजनाले निर्माण गरिदिएको खानेपानीको धारा खोल्नुहुँदै जिसस मकवानपुर प्रमुख ललित घलान ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५, बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ ।
रिकभर परियोजनाले सीआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको ३० वटा खानेपानी धारा शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि घलानले धाराको उद्घाटन गर्नुहुँदै योजना स्थानीय बाङदीराङ खानेपानी तथा सरसफाई योजना समितिलाई हस्तान्तरण गर्नुभएको हो । खानेपानी योजना अन्तर्गत बाङदीराङका ३० घरधुरीमा खानेपानीको धारा जडान भएको छ । सबै घरधुरीमा धारा पु¥याउने लक्ष्यका साथ खानेपानी योजना सञ्चालन गरिएको रिकभर परियोजनाले जनाएको छ ।

खानेपानी, सिचाई, कृषि, आवासको क्षेत्रमा कार्यक्षेत्र बनाउँदै आएका सीआरएस नेपाल, लुमन्ती, सप्रोस नेपालको गाउँ–बस्तिमा जागरण शिक्षासँगै व्यावसायिक रोजगारी मुलक बनाउन सफल रहेको प्रमुख घलानले बताउनुभयो । घलानले खानेपानीको समस्या तत्कालको लागि समाधान भएपनि दिर्घकालिन हुने गरी क्षेत्रअधिकार बढाउन समेत आग्रह गर्नुभयो । संस्थाको १२ लाख ७० हजार र श्रमदान ४ लाख ९० हजार रुपैयाँ गरी १७ लाख ६१ हजार रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको बताइएको छ ।

‘पहिले खानेपानीका लागि धाउनु पर्ने हुन्थ्यो, महिला दिदीबहिनीको दैनिकी पानी ओसार्न मै बित्थ्यो । सीआरएस नेपाल, लुमन्ती र सप्रोस नेपालको सहयोग पछि घरघरमै पानी आएको छ । हाल ३१ घरमा ३० वटा धारा संचालनमा आइसकेको छ । धाराबाट खेर गएको पानीबाट तरकारी बाली लगाएका छौ ।’ समितिको कोषाध्यक्ष रुक्मिणी बर्तौलाले भन्नुभयो ।

त्यस्तै रिकभर परियोजना मार्फत निर्माण भएको घरको अनुगमन गरिएको छ । जसमा जिल्ला समन्वय समिति, भूकम्प पुनर्निर्माण प्राधिकरण मकवानपुर, राक्सिराङ गाउँपालिका तथा वडा लगायतको टिमले अनुगमन गरिएको छ । कार्यक्रम जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेल, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, डिएलपीयु प्रमुख रबिन पाठक, सीआरएस नेपालकी संजिता श्रेष्ठ, सप्रोस नेपालको कार्यक्रम संयोजक भानु लिम्बु, महेश्वर ढकाल लगायतको आतिथ्यता तथा समितिको अध्यक्ष हर्कबहादुर मोक्तानको सभाध्यक्षतामा भएको थियो ।

Exit mobile version