Home मुख्य समाचार स्थापना दिवसमा स्टेशनरी तथा खेलकुद सामग्री वितरण

स्थापना दिवसमा स्टेशनरी तथा खेलकुद सामग्री वितरण

हेटौंडाः अग्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा हेटौंडा—१ स्थित कालिका आधारभुत विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ । संस्थाको ८ औं स्थापना दिवसको अवसरमा बिहीबार विद्यालयलाई सामग्री वितरण गरिएको हो ।

सहकारीका अध्यक्ष बिकेशलाल श्रेष्ठले विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीलाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्रीमा विद्यालयलाई आवश्यक पर्ने कपी, कलम, फुटबल र भलिबल १÷१ थान वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, खाजा स्वरुप बिस्कुट ३ कार्टुन, चक्लेट ४ डिप्पा वितरण गरिएको छ ।

त्यस्तै विद्यालयलाई सामग्री वितरण पश्चात् अग्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकेश लाल श्रेष्ठ, उपाध्यक्ष केदार प्रसाद अर्याल, सचिव पबित्रा दाहाल लगायत कार्यसमितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए ।

Exit mobile version