हेटौंडाः जनज्योति बहुमुखी क्याम्पस चन्द्रपुरको सभा हलमा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाही गठन गरिएको छ । रौतहट तथा सर्लाहीका ३० जना साहित्यकार तथा साहित्यानुरागीको उपस्थितिमा शनिबार बुढ्यौली साहित्य समाज रौतहट–सर्लाही गठन गरिएको हो ।
समाजको अध्यक्षमा लम्बोदर काफ्ले, उपाध्यक्षमा रेणु गुप्ता, सचिव किसुनदयाल यादव, सहसचिवमा सञ्जय सुदामा र कोषाध्यक्षमा राम उदित चयन भएका छन् । यस्तै, सदस्यमा घनश्याम पन्त रहनुभएको छ । कार्यक्रममा डा.शालिग्राम शर्माको सभाध्यक्षता तथा साहित्यकार रामचन्द्र फुर्सतीको प्रमुख आतिथ्यता रहेको थियो ।
साहित्यकार रमेशमोहन अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा साहित्यकार राम उदितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नवगठित समाजलाई साहित्यकारहरु सञ्जय मित्र, नारायणहरि उपाध्याय, शिवचन्द्र शाह, अप्सरा पुडासैनी, नारदप्रसाद काफ्ले, उत्तममोहन अधिकारी, मीना देवकोटा, मनमोहन सिंहलगायतले शुभकामना दिएका छन् ।
