Home मुख्य समाचार हेटौंडा उपमहानगरद्वारा ८४ सुत्केरीलाई राहत वितरण

हेटौंडा उपमहानगरद्वारा ८४ सुत्केरीलाई राहत वितरण

सुत्केरीलाई भेटेर राहत सामग्री प्रदान गर्नुहुँदै उपमेयर मीना कुमारी लामा ।

हेटौंडाः लकडाउनका बेला हेटौंडा उपमहानगरपालिका क्षेत्रका ८४ सुत्केरी परिवारलाई हेटौंडा उपमहानगरपालिकाले राहत सामग्री वितरण गरिएको छ । हेटौंडा उपमहामनगरपालिकाकी उपमेयर मीनाकुमारी लामा आफैं सुत्केरीलाई भेटेर उनीहरुको अवस्थाका बारेमा जानकारी लिँदै राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । उपमहानगरपालिकाले सुत्केरी भएको परिवारलाई पाँच केजी चामल, एक लिटर तेल, एक केजी नुन, एक केजी चिउरा, एक केजी दाल वितरण गरेको छ ।

खाद्यवस्तुको अभावमा सुत्केरीलाई पोषणको अभाव नहोस् भनी उपमेयर लामा आफैंले सुत्केरीलाई भेटेर सहयोग गरिएको बताउनुभयो । उपमहानगरपालिकाले गर्भवती महिला र गर्भमा रहेको शिशुको सुरक्षाका लागि वडास्तरमै स्वास्थ्य संस्थामार्फत उपचार सेवा तथा सुत्केरी हुन स्वास्थ्य संस्थासम्म जाने एम्बुलेन्स सेवाका लागि यातायात खर्च सहयोग गरिरहेको उल्लेख गर्नुहुँदै उपमेयर लामाले सुत्केरी भइसकेकाहरुको स्वास्थ्यका लागि पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

Exit mobile version