हेटौंडाः बागमती प्रदेशको सभामुख निर्वाचनको लागि मतदान सुरु भएको छ । आज बसेको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गरेको हो । सभामुखको निर्वाचनको लागि बागमती प्रदेशमा ३ जनाको उम्मेदवारी परेको छ ।
सभामुखको लागि सत्तारुढ दलको तर्फबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजुको उम्मेदवारी परेको छ । अहिले प्रदेश सभा सदस्यहरुले ३ जना उम्मेदवारहरुलाई सभामुखको लागि मतदान गरिरहेका छन् ।
