हेटौंडाः हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न ८ विधाका उत्कृष्ट उपभोक्ता र कृषकलाई सम्मान गरेको छ ।
उत्कृष्ट उपभोक्ताहरुमा मकवानपुरगढी–४ का खिलप्रसाद चौलागाई, हेटौडा–६ का हरिप्रसाद खतिवडा र रामहरि राई, उत्कृष्ट कृषकमा हेटौडा–६ का सुमन अधिकारीलाई सम्मान गरिएको छ । यसैगरि, उत्कृष्ट कृषकमा हेटौडा–६ का विष्णु बहादुर बास्तोला, नर्सरी तथा फलफूलमा हेटौंडा–६ की अमुना सापकोटा, सिलाइकटाईमा हेटौंडा–६ की शोभा श्रेष्ठ र सरसफाईमा हेटौंडा–६ का रविलाल गौतमलाई सम्मान गरिएको छ ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय राप्ती मनहरीका सहायक वन अधिकृत शम्भु तामाङ, समूहका सल्लाहका कृष्ण बिडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समूहद्वारा गठित विभिन्न महिला समूहले आर्थिक प्रतिवेदन पेश गरिएको छ । कार्यक्रमको अवसरमा महिला समूहलाई सहयोग गर्ने समूहकी सचिव नानीमाया रुम्बा र कार्यालय सचिव भीमसेन पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
