Home मुख्य समाचार बकैयामा २५० विद्यार्थीलाई न्यानो कपडा वितरण

बकैयामा २५० विद्यार्थीलाई न्यानो कपडा वितरण

न्यानो कपडा वितरणपश्चात् सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ ले २ सय ५० जना विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा स्वेटर वितरण गरेको छ । वडाको बालबालिका लक्षित कार्यक्रम अन्तर्गत वडाले विद्यार्थीहरुलाई विद्यालय पोशाक स्वेटर वितरण गरेको हो ।

बकैया–५ मा रहेको ४ वटा विद्यालयहरु कर्म प्राप्ती माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, गितावर निम्न माध्यमिक विद्यालय र किसान जागरुक सिद्धार्थ प्राथमिक विद्यालयको इसिडि र नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरिएको हो ।

वडा नम्बर ५ की वडा अध्यक्ष लक्ष्मी जिम्बा, वडा सचिव देवराज लामिछाने, कार्यपालिका सदस्य लक्ष्मी माझी कृपा, वडा सदस्यहरु छलिमाया घिसिङ, ज्ञानुमाया सुनुवार, अमृत थिङ, सोमबहादुर माझी लगायतले संयुक्त रुपमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए ।

Exit mobile version