हेटौंडाः हेटौंडा राष्ट्रिय भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा दुई खेलहरु हुँदैछ । हेटौंडा–५ क्याम्पा रंगशालामा पहिलो सेमिफाइनल खेलमा एम.एम.सी काठमाडौं र ए.बी.सी पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो १ बजेर ३० मिनेटमा सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा बानेश्वर भेट्रान्स काठमाडौंले सिमरा भेट्रान्स बारासँग भिड्ने छ । खेल दिउँसो ३ बजे हुनेछ । शुक्रबार सेमिफाइनल टोलीकोे विजेताले शनिबार फाइनलमा भिड्ने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
