हेटौंडाः गढी गाउँपालिका ७ सुकौरा दुम्सीबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार दिउँसो ४ बजेर ५ मिनेटको समयमा भरुवा बन्दुकसहित ५२ वर्षीय मंगल सिंह थिङलाई पक्राउ गरेको हो ।
मङगल सिंह थिङ र निजको छोरा २१ वर्षीय उमेश थिङ बीच घरायसी विवादमा बुधबार झगडा भएको थियो । सोही विषयमा बिहीबार छोरा उमेशले प्रहरी कार्यालयमा निवेदन दिएका थिए । छोरा उमेशले आफ्नो बुवाले घरमा भरुवा बन्दुक लुकाएको छ भनि प्रहरी समक्ष जानकारी गराएकोले प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा घरमा एक थान भरुवा बन्दुक फेला पारेको थियो । उक्त भरुवा बन्दुकसहित मङ्गल थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याईएको प्रहरी जनाएको छ ।
