Home मुख्य समाचार कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सदस्यलाई स्वागत तथा सम्मान

कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सदस्यलाई स्वागत तथा सम्मान

प्रदेशसभा सदस्यमा निर्वाचित ईन्द्रबहादुर बानियाँलाई स्वागत तथा सम्मान गर्दै जिल्ला अध्यक्ष लामा ।

हेटौंडा: नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले प्रदेशसभा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेसबाट नवनिर्वाचित सदस्यहरुलाई सम्मान गरेको हो ।

प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले माला तथा टीका लगाएर स्वागत गर्नुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको चयनका लागि कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सदस्यहरु मंगलबार हेटौंडा आइपुगेको छ । प्रदेश संसदीय दलको नेताका भोलि बुधबार निर्वाचन हुने अनुमान छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को १ बाट प्रदेशसभामा निर्वाचित इन्द्रबहादुर बानियाँ र नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को २ बाट प्रदेशसभामा निर्वाचित बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Exit mobile version