हेटौंडाः मकवानपुरको सिनियर तथा जुनियर खेलाडी सम्मिलित दुई टिमबीच दुई दिवसीय मैत्रीपूर्ण टेस्ट क्रिकेट खेल हेटौंडामा भईरहेको छ । जिल्लामै पहिलो पटक दुई दिवसीय क्रिकेट खेल भएको हो । आज दोस्रो दिन सुवर्ण भट्ट र प्रज्वल कुशवाहको जोडीले बिहान ९ बजेबाट व्याटिङ गर्दैछन् ।
पहिलो दिन आईतबार सूवर्ण २७ रन र प्रज्वल कुशवाहले २ रन जोडेर अविजित भएका थिए । युवा खेलाडीकै सक्रियतामा मैत्रीपूर्ण टेस्ट खेल हेटौंडाको हुप्रचौरमा भइरहेको छ । बिहान ९ बजेबाट सुरु हुने खेल साँझ ४ बजेसम्म चल्नेछ । आइतबार बिहान सुरु भएको क्रिकेटको एउटा टिमको नेतृत्व मकवानपुरका कप्तान सुमन सुनारले गर्नुभएको छ भने अर्को टिमको नेतृत्व गौरव खड्काले गर्नुभएको थियो ।
