Home शिक्षा प्रकाश खतिवडा शिक्षाका लागि राष्ट्रिय अभियानको प्रदेश अध्यक्ष चयन

प्रकाश खतिवडा शिक्षाका लागि राष्ट्रिय अभियानको प्रदेश अध्यक्ष चयन

हेटौंडाः शिक्षाका लागि राष्ट्रिय अभियानको दोस्रो अधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ । अभियानको बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको सभाध्यक्षता तथा अभियानका केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

सोमबार सम्पन्न अधिवेशनबाट प्रकाश खतिवडाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा उषा बज्राचार्य, सचिबमा रामचन्द्र आचार्य, कोषाध्यक्षमा अनिता नेपाली, सदस्यमा हर्क बहादुर तामाङ, कृष्ण प्रसाद पराजुली, भिम पोखरेल, लक्ष्मी थापा र कुमारी वाईबा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

Exit mobile version