हेटौंडाः हेटौंडा–२ स्थित शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाले उद्घाटन गर्नुभयो ।
साधारणसभाको अवसरमा संस्थाले जेष्ठ शेयर सदस्य, असल बचकर्ता, असल ऋणी, शेयर सदस्यका छोराछोरीमध्ये सामुदायिक तथा संस्थागत विद्यालयबाट कक्षा १० र १२ मा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सम्मानित गरिएको छ । ७ सय १५ शेयर सदस्य रहेको संस्थाको शेयर रकम चालु आर्थिक वर्षसम्ममा ३५ लाख २० हजार ६ सय रुपैयाँ रहेको छ । यस्तै, संस्थाको बचत १ करोड ९७ लाख ९ हजार ९ सय ९० रुपैयाँ छ भने ऋण लगानी १ करोड ८३ लाख ११ हजारर ८ सय ५६ रुपैयाँ रहेको छ ।
संस्थाका अध्यक्ष सीताराम दाहालको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्कबहादुर पुलामी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्मी गजुरेल, जिल्ला अध्यक्ष श्रीराम दाहाल र राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर शाखा प्रमुख कृष्णप्रसाद घिमिरेलगायतको आतिथ्य रहेको थियो ।
