हेटौंडाः हेटौंडा–४ स्थित जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा बसन्तकुमार गौतम चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको १४ औं साधारणसभाबाट सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
साधारणसभाबाट उपाध्यक्षमा रामकुमार विष्ट, सचिवमा दीर्घ नारायण भट्टराई, कोषाध्यक्षमा जयराम धिताल, सदस्यमा दिलिप कुमार श्रेष्ठ, भरत कुमार भण्डारी, कृतिका आचार्य, रोजिता लम्साल, नमूना पाण्डे, भक्तबहादुर बुढाथोकी, केशव कार्की चयन भएका छन् । लेखा समिति संयोजकमा राजु अर्याल, सदस्यमा हरि खड्का र मैयादेवी लामा निर्वाचित भएका छन् ।
सहकारीका निवर्तमान अध्यक्ष महेश कुमार सिग्देलको अध्यक्षता तथा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो । सहकारीको प्रगति विवरण निवर्तमान अध्यक्ष महेश सिग्देलले र आर्थिक प्रगति विवरण कोषाध्यक्ष दीर्घ नारायण भट्टराईले प्रस्तुत गर्नुभयो । ६ सय २६ जना शेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७८/७९ सम्ममा ९१ लाख ९२ हजार रुपैयाँ सेयर पुँजी रहेको थियो भने ३ करोड ६२ लाख रुपैयाँ बचत रहेको थियो । यस्तै सहकारीले ४ करोड रुपैयाँ लगानी गरेको थियो ।
