हेटौंडाः निरज श्रेष्ठको स्मृतिमा भइरहेको जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा भुटनदेवी मावि सेमिफाइनल प्रवेश गरेको छ । आज सोमबार भएको दोस्रो खेलमा कमाने एकेडेमी विरुद्ध १८२ रनले विजयी भएको हो ।
कमाने एकेडेमीले टस जितेर पहिलो फिल्डिङ गरेको थियो भने ब्याटिङमा आएको सिद्धार्थले पहिलो इनिङमा २० ओभर पूरा खेल्दै ५ विकेटको क्षतिमा २६२ रन बनाएको हो । जसका लागि सिद्धार्थका ब्यासम्यान रोहन पटेलले ६५ रन, बीटु पटेलले ६१ रन,एम डी नसिमले ३९ रन ,र हिमान्सु यादवले ३६ रन बनाएको हो ।
त्यस्तै २६३ रनको लक्ष्य पछाउँदै गरेको कमाने एकडेमी २० ओभरमा ९ विकेट गुमाउँदै जम्मा ८० रन बनाएको हो । खराब प्रदर्शनमा रहेको कमाने एकेडेमीको लागि जोयल गुरुङले २२ रन बनाए तर अन्य ब्यासम्यान भने खासै चल्न सकेन । त्यस्तै भुटनदेवीको जीतको लागि नरेन्द्र अधिकारीले ३ विकेट,साजीद खानले २ विकेट लिएको हो । त्यस्तै खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रदर्शन गरेको हिमान्सु यादव घोषित भएको हो ।
त्यस्तै भोली हुने पहिलो खेल नवोदय र कमाने एकेडेमीबिच बिहान ८ बजे हुनेछ । त्यस्तै दोस्रो खेल जीएस निकेतन र सिद्धार्थ मावीबिच दिँउसो २ बजे हुनेछ ।
