हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आज बिहीबार मकवानपुर आउनुहुने भएको छ । बिहीबार बकैया–४, जुरेलीमा हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन मकवानपुर आउनुहुने भएको हो ।
अध्यक्ष लिङ्देन आफ्नो चुनावी कार्यक्रममा व्यस्तताका बाबजुद पनि मकवानपुर आउनुहुने भएको पार्टीका प्रदेश सचिव तथा आसन्न निर्वाचनमा प्रदेशसभातर्फ मकवानपुर क्षेत्र १ को (ख) का उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष लिङ्देनले बिहीबार बकैयामा हुने चुनावी आमसभालाई मात्रै सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले आगामी आइतबार हेटौंडा–१४ मा हुने आमसभालाई पनि सम्बोधन गर्ने तयारी भएको न्यौपानेले बताउनुभयो ।
