Home मुख्य समाचार प्रणामी समाजले हेटौंडामा यात्रुलाई खाना खुवाउँदै

प्रणामी समाजले हेटौंडामा यात्रुलाई खाना खुवाउँदै

हेटौंडाः गन्तव्यसम्म जाने क्रममा हेटौंडा आइपुगेका यात्रुलाई श्रीकृष्ण प्रणामी समाज मकवानपुरले आजदेखि खाना खुवाउन सुरु गरेको छ । आज बिहानदेखि हेटौंडा–४, सुमार्गी कम्प्लेक्स अगाडि सडक छेउमै खाना खुवाउन सुरु गरेको हो । प्रणामी समाजले खाना खुवाउनुका साथै गन्तव्यसम्म जानका लागि उपलब्ध हुन सक्ने यातायातका साधनमा पठाउने कार्य समेत गरेको छ । प्रहरीसँगको समन्वयमा यातायात सेवामा समेत सहजीकरण गरिएको प्रणामी समाजका सदस्य बद्रिप्रसाद चौलागाईले जानकारी दिनुभयो । यातायात व्यवसायी समेत रहनुभएका चौलागाईका अनुसार आज छिमेकी जिल्ला बारा, पर्सासँगै एक समूहलाई पश्चिम कोहलपुर जाने व्यवस्था मिलाइएको छ ।

Exit mobile version