Home मुख्य समाचार हेटौंडामा एक पुरुषको शव फेला

हेटौंडामा एक पुरुषको शव फेला

गुगल तस्विर ।

हेटौंडाः हेटौंडामा उपमहानगरपालिका–१० मा एक पुरुषको शव फेला परेको छ । सोमबार कवाडी संकलन गर्दै हिँड्ने नाम नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

टिसिएनरोडमा रहेको निर्माणाधिन घरको भ¥याङमुनी पुरुषको शव फेला परेको हो । शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version