Home कला झरना साहित्यिक परिवारमा सञ्जेल

झरना साहित्यिक परिवारमा सञ्जेल

झरना साहित्यिक परिवारको नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

छतिवन (बकैया)ः झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल चयन हुनुभएको छ । सोमबार बकैया–४, छतिवनस्थित महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

झरनाको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा मसान उपासक, कोषाध्यक्षमा कृष्ण घतानी, सहसचिवमा सन्तराम राई चयन हुनुभएको छ । यस्तै सदस्यमा विश्व राई, शुभलक्ष्मी प्रभा, देवराज लामिछाने, निलहरि ढुंगेल, अमृता लामिछाने, प्रेम बहादुर भोम्जन, विजय दोङ चयन हुनुभएको छ ।

झरना साहित्यिक परिवारका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । अधिवेशनको अवसरमा झरनाले पालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्षमण पुडासैनी, समृद्ध समाज दैनिक पत्रिका, संस्थापक अध्यक्ष रमेश मोहन अधिकारी, सल्लाह उद्धव सापकोटा, सल्लाहकार नूरप्रसाद गौतम, उद्धव प्रसाद खनाललाई सम्मान गरिएको छ ।

Exit mobile version