Home मुख्य समाचार ९८ जनामा डेंगु पुष्टि

९८ जनामा डेंगु पुष्टि

गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहीबार ९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिहीबार जिल्लामा ९८ जनामा डेंगु पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ९४ जना रहेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका समान एक–एक जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको कुल संख्या १ हजार ४ सय २९ जना पुगेको छ । हालसम्म डेंगु संक्रमणबाट एकजनाको ज्यान गएको छ ।

Exit mobile version