Home शिक्षा मकवानपुर बाल विद्या सदनमा विविध कार्यक्रम

मकवानपुर बाल विद्या सदनमा विविध कार्यक्रम

समचार बाचन गर्दै ।

हेटौंडाः हेटौंडा–१८ खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका लागि तहगतरुपमा व्यक्तिगत र सामुहिक प्रतिस्पर्धात्मक क्रियाकलापहरु आयोजना गरेको छ ।

कक्षा ८, ९, १० मा “बाल दिवसको महत्व” विषयक प्रतिस्पर्धात्मक निबन्ध लेखन, कक्षा ३, ४, ५ मा अंग्रेजी हिज्जे, कक्षा ६, ७, ८ मा समाचार वाचन, तहगत नेपाली तथा अंग्रेजी हस्तलेखन, कक्षा १० का तीन समूहबीच डेट फाइट, खुला चित्रकला तथा आर्ट एण्ड क्राफ्ट प्रतियोगिता तथा कक्षा ९ का ४ समूहबीच सामाजिक विषयसँग सम्बन्धित अप्रतियोगी र्‍याप ब्याटलको आयोजना गरिएको छ । कक्षा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीका लागि समेत विभिन्न रमाईला कार्यक्रमहरु गरिएको थियो । कक्षा युकेजीका लागि आयोजना गरिएको कार्यक्रममा अभिभावकको समेत सहभागिता रहेको थियो ।

अभिभावक र विद्यार्थी मिलेर संयमतापूर्वक सम्पन्न गर्नुपर्ने प्रतियोगितात्मक खेल “वाटर फिलिङ”, “नो योर चाइल्ड, फलो योर चाइल्ड” लगायतका खेल खेलाइएको पूर्व प्राथमिक तह संयोजक ज्योति दाहालले जानकारी दिनुभएको थियो । कक्षा युकेजीमा अध्ययनरत विद्यार्थी अदिश्री दाहालकी अभिभावक सपना दाहालले अभिभावक र विद्यार्थीको समन्वय र सहकार्यबाट खेलिने यस्ता खेलले अभिभावक र बालबालिकाबीचको सम्बन्ध सौहाद्र्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै बालबालिकामा समेत सकारात्मक परिवर्तन देखिने बताउनु भयो । विद्यालयमा खेल्नका लागि अभिभावकलाई बोलाउँदा मात्र पनि बालबालिकाको मुहारमा मुस्कान थप भएको उहाँको धारणा थियो ।

प्रतियोगिता अन्तर्गत युकेजीको वाटर फिलिङमा रजनी बराईली प्रथम, रिमेश बिक दोश्रो, असिम लामा लो तेस्रो, “नो योर चाइल्ड, फलो योर चाल्ड” मा दिसिका लुङ्बा प्रथम, सयाना डिमडुङ दोश्रो, गौरव दुलाल तेस्रो हुनुभएको छ । निबन्ध लेखनमा कक्षा ९ का सौरभ बिडारी प्रथम, कक्षा ८ की मिनु थोकर दोश्रो तथा दिनेश धानुक तेस्रो, हिज्जेतर्फ कक्षा ३ का सुतेज बानियाँ, कक्षा ४ की जेनिशा बानियाँ, कक्षा ५ का उत्सव खतिवडा सम्मिलित एल्लो हाउस विजयी भएको थियो । प्रतियोगितात्मक समाचार वाचनमा कक्षा ७ का अमृत पौडेल प्रथम, कक्षा ८ की मिनु थोकर दोश्रो, कक्षा ६ का कुशल खड्का तेश्रो, नेपाली हस्तलेखन जुनियरतर्फ कक्षा ३ की जेनिशा सापकोटा प्रथम, कक्षा ४ की कृतिमा खड्का दोश्रो, कक्षा ३ की प्रिती भण्डारी तेस्रो, जुनियर प्लसतर्फ कक्षा ६ का कुशल खड्का प्रथम, कक्षा ७ की सन्ध्या बिक दोश्रो, कक्षा ५ की सोनु अधिकारी तेस्रो, सिनियरतर्फ कक्षा ८ की मिनु थोकर प्रथम, कक्षा ९ का सौरभ विडारी दोश्रो, कक्षा ९ की सुजता बराईली तेस्रो भएका छन् ।

यस्तै अंग्रेजी हस्तलेखनतर्फ जुनियरतर्फ कक्षा ४ की गृष्मा लामिछाने प्रथम, कक्षा ३ की सायस्ना परियार दोस्रो, जुनियर प्लसतर्फ कक्षा ६ का सुयोग भण्डारी प्रथम, कक्षा ५ का अविराज बानियाँ दोश्रो तथा सामना रिजाल तेस्रो, चित्रकलामा कक्षा ९ का सौरभ विडारी प्रथम, कक्षा ८ का हिमाल घलान दोश्रो तथा कक्षा ५ का हिमेश घलान तेस्रो हुनुभएको विद्यालयका प्रिन्सीपल सुदीप राज गिरीले जानकारी दिनुभयो । विद्यालयमा पहिलो पटक प्रयोगमा ल्याइएको नौलो खेल “डेट फाइटमा“ कक्षा १० को कुसुम समुह प्रथम, सामना समुह दोश्रो तथा बृषकमल समुह तेस्रो भएको छ । बाल दिवसको अवसरमा बालबालिका तथा अभिभावकको मनोरञ्जनको लागि कक्षा ३, ४, ५, ६, ७, ८ र ९ ले कक्षागत नृत्य प्रस्तुत गर्नुभएको थियो । प्रगति भुजेल, सविना सुनार, आयुष खड्का, समीर बिक, हिमाल घलान र कुशल श्रेष्ठले गायन कला प्रस्तुत गर्नुभएको थियो । प्रतियोगितामा विजयी बिद्यार्थीलाई विद्यालयको अभिभावक दिवसको दिन पुरस्कृत गरिने विद्यालयका सह–प्रधानाध्यापक प्रशान्तराज गिरीले बताउनुभएको छ ।

Exit mobile version