Home मुख्य समाचार जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन

जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन

पत्रकार सम्मेलनमा जानकारी गराउँदै।

हेटौंडाः मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन गरिएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर समिति गठन गरिएको जानकारी गराइएको छ ।

विनोद महतको संयोजकत्वमा गठन गरिएको समितिको सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी रहनुभएको छ । यस्तै सदस्यमा कपिल खड्का, गणेश कुमार खड्के, रमेश ढकाल, अशोक कुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहनुभएको छ । समितिको संरक्षकमा भीमसेन महत र सल्लाहकारमा नरहरी महत रहनुभएको छ ।

वातावरणमा नकारात्मक प्रभावको असर र मानवीय व्यवहारका कारण जलचरका प्रजाति नै नष्ट भएको जीकिर गर्दै जलचर संरक्षणका लागि राज्यका निकायलाई जिम्मेवार बन्न प्रेरित गरिने संयोजक विनोद महतले बताउनु भएको छ । जलचरको विकास र विस्तारका लागि खोला तथा नदीमा माच्छाका भुरा छाड्ने कार्य पनि गरिने उहाँले उल्लेख गर्नुभएको छ । समितिका संरक्षक भीमसेन महतले मानवीय जीवनको रक्षाका लागि जलचर संरक्षण जरुरी रहेको स्पष्ट पार्नुभयो ।

Exit mobile version