Home मुख्य समाचार राप्रपा नेपालमा मकवानपुर–२ बाट महामन्त्री बर्तौलाको उम्मेदवार सिफारिस

राप्रपा नेपालमा मकवानपुर–२ बाट महामन्त्री बर्तौलाको उम्मेदवार सिफारिस

राजाराम बर्तौला ।

हेटौंडाः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ बाट राप्रपा नेपालले पार्टीका महामन्त्री राजाराम बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपा नेपाल मकवानपुर जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले मकवानपुर–२ बाट बर्तौलाको नाम सिफारिस गरेको पार्टी जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकपछि जिल्ला अध्यक्ष सापकोटाले सन्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुहुँदै राप्रपा नेपालको निर्माणमा महत्वपूर्ण योगदान दिएको, इमान्दार अनि नयाँ पुस्ताको समेत प्रतिनिधित्व हुने गरी जुझारु नेता बर्तौलालाई सर्बसम्मत रुपमा उम्मेदवारको रुपमा सिफारिस गरेको बताउनुभयो । यस अघि नै मकवानपुर–१ बाट पार्टी अध्यक्ष कमल थापालाई जिल्ला समितिले एकल उम्मेदवार सिफारिस गरिसकेको छ । साथै बुधबारकै बैठकले प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । मकवानपुर–१ “क“ बाट राजाराम अर्याल, बद्री कुँवर, कमल बिडारील, “ख“ बाट दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ र अर्जुन ढुंगानाको नाम सिफारिस गरिएको छ । यस्तै मकवानपुर–२ “ख” बाट बैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाईं, “क” बाट राधाकृष्ण बिष्ट ,सुजेन्द्र ठकुरी र चन्द्रमान लामालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ बिहिबार बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version