हेटौंडाः चितवन जिल्लाको इच्छाकामना गाँउपालिका–४ मा आफ्नै घरमा लडेर एकजनाको मृत्यु भएको छ । आइतबार साँझ साढे ७ बजेको समयमा जानुका जोशी आफ्नै घरको धारामा चिप्लिएर लडी घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उपचारका लागि जोशीलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएकोे थियो । सोमबार जोशीलाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा राती १० बजेको समयमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
