हेटौंडाः चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेश सरले भोलि बुधबार (भदौ २२ गते) सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले चितवन, धादिङ र मकवानपुर ३ जिल्लामा विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
गृह मन्त्रालयले पेश गरेको प्रदेशबाट प्रदान गर्ने सार्वजनिक बिदा सम्बन्धी प्रस्तावमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ चैत्र २१ गतेको बुँदा नम्बर २२ मा प्रदेश सरकारको घोषणा गरेका सार्वजनिक विदाहरुमा संघीय सरकार अन्तर्गतका कार्यालयमा समेत बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।
