Home मुख्य समाचार नमूना संयुक्त राष्ट्रसंघीय सभा सकियो

नमूना संयुक्त राष्ट्रसंघीय सभा सकियो

नमूना संयुक्त राष्ट्रसंघीय सभालाई लक्षित गरी मन्तव्य राख्नुहुँदै एक विद्यार्थी ।

हेटौंडाः हेटौंडा–४ स्थित नवोदय शिशु सदनले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय सभा सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको सभा आज समापन गरिएको हो । यसअघि दुईपटक भर्चुअलरुपमा आयोजना गरिएको सभा यसपटक विद्यार्थीको भौतिक उपस्थितिमै आयोजना गरिएको हो ।

नवोदय शिशु सदनसँगै हेटौंडा नगरका ६ विद्यालयका विद्यार्थीको सहभागितामा नमूना सभाको आयोजना गरिएको हो । नवोदय शिशु सदनमा १० कक्षाकी छात्रा रेजा विष्टले संयुक्त राष्ट्रसंघको महासचिवको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यार्थीलाई क्रियाकलापमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको नमूना सभाको आयोजना गरिएको नवोदय शिशु सदन माविका शैक्षिक निर्देशक अव्यक्त खनालले जानकारी दिनुभयो ।

सभामा राम्रो भूमिका निर्वाह गर्ने सम्मानित विद्यार्थी ।

विद्यार्थीले संयुक्त राष्ट्रसंघको विभिन्न ५ वटा समितिमा रहेर समूहगत छलफल गरेका थिए । सभाको समापन समारोह शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यमा भएको थियो । समापनको अवसरमा सभामा राम्रो भूमिका निर्वाह गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Exit mobile version