Home खेलकुद जोरपाटी भेट्रान्स सेमिफाइनल प्रवेश

जोरपाटी भेट्रान्स सेमिफाइनल प्रवेश

फाइल तस्बीर ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीमा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत् आज मंगलबार बिहान भएको क्वाटरफाइनल खेलमा चावहिल भेट्रान्सलाई पराजित गर्दै जोरपाटी भेट्रान्स सेमिफाइनल प्रवेश गरेको छ । जोरपाटी भेट्रान्सले चावहिल भेट्रान्सलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

जोरपाटीलाई जित दिलाउन रञ्जित लामा र सागर थापाले १–१ गोल गरे । चावहिलका लागिका नरेश श्रेष्ठले एक गोल फर्काए । जोरपाटीले अब सेमिफाइनलमा आज मंगलबार नै ठमेल चिया पप भेट्रान्ससँग खेल्नेछ । खेल दिउँसो ३ बजे सुरु हुने जनाइएको छ । यस्तै आजको अन्तिम क्वाटरफाइनल खेलमा नागस्वती भेट्रान्स र कोटेश्वर भेट्रान्स बीच प्रतिस्पर्धा भइरहेको छ ।

दुई टिम बीचको विजेजा टिम सेमिफाइनल प्रवेश गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने टिमले आज मंगलबार नै पोखराको बगरभाई खलकसँग खेल्नेछ । प्रतियोगिताको फाइनल भोलि बुधबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Exit mobile version