Home मुख्य समाचार उजेली सुनार मृत भेटिइन्

उजेली सुनार मृत भेटिइन्

गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिका–३, सृजनावस्तीकी ७० वर्षीया उजेली सुनार घरबाट अन्दाजी १०० मिटर दक्षिणतर्फको खोल्साको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।

स्थानीयले उजेलीको मृत्यु भएको जानकारी प्रहरीलाई गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझ साढे ६ बजेको समयमा स्थानीयले उजेलीलाई मृत अवस्थामा देखेका थिए ।

Exit mobile version