Home अर्थ/व्यापार औद्योगिक क्षेत्रको भाडा नबढाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

औद्योगिक क्षेत्रको भाडा नबढाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

मन्त्री दिलेन्द्र प्रसाद बडुलाई ज्ञापनपत्र बुझाउनुहुँदै उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेल ।

हेटौंडाः औद्योगिक क्षेत्रको भाडादर नबढाउन माग गर्दै उद्योग संघ मकवानपुरले संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार बिहान हेटौंडा आइपुग्नुभएका मन्त्री बडुलाई उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेलले ज्ञापनपत्र बुझाउनुभएको हो ।

२०७२ सालको भूकम्प, नाकाबन्दी, कोभिड–१९ को मार, रसिया–युक्रेन युद्धलगायतका कारणले उत्पन्न विषम् परिस्थितिमा उद्योगीले कुनै पनि हालतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा भुक्तानी गर्न नसक्ने उल्लेख गर्दै उद्योग संघ मकवानपुरले जमिन बहालसम्बन्धी समस्याको दीर्घकालिन समाधानको उपाय अबलम्बन गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराएको छ । यसअघि उद्योग संघ मकवानपुरले औद्योगिक क्षेत्रको भाडादर बढाउने निर्णय फिर्ता गर्न माग गर्दै बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा पनि ज्ञापन पत्र बुझाएको थियो ।

Exit mobile version