हेटौंडाः बागमती प्रदेशको सोमबार बसेको प्रदेश सभा बैठकले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लार्ई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतीले स्वीकृत गरेको छ ।
सभामा उक्त विधेयकमाथि प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति माधव प्रसाद पौडेलले पेश गर्नुभएको थियो । यस्तै, विधेयक पारित गरियोस भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले सभामा पेश गर्नुभएको थियो । प्रदेश सभा बैठक अर्को सूचना सार्वजनिक नभएसम्मको लागि स्थगित गरिएको छ ।
