Home मुख्य समाचार स्वास्थ्य मापदण्ड अपनाउन आग्रहः स्वास्थ्य मन्त्री लामा

स्वास्थ्य मापदण्ड अपनाउन आग्रहः स्वास्थ्य मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा

हेटौंडाः बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको जोखिम बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा समय माग गरेर मन्त्री लामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सबैलाई अनुरोध गर्नुभएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना बारम्बार नयाँ नयाँ स्वरुपमा देखिएकोे भन्दै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो । यस्तै, वर्षायामको समयमा विभिन्न सरुवा रोगहरुको संक्रमण फैलिने खतरा बढीरहेकोले सबैलाई सजगता अपनाउन आग्रह गर्नुभएको हो ।

Exit mobile version