Home मुख्य समाचार बृद्धाश्रमलाई मासिक तीस हजार सहयोग

बृद्धाश्रमलाई मासिक तीस हजार सहयोग

आश्रमका निवर्तमान अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै सहयोगी पुरन सिलवाल ।

हेटौंडाः हेटौंडा–२ स्थित ॐ बृद्धाश्रमलाई मासिक तीस हजार सहयोग गर्ने सहमति भएको छ । सहयोग गर्नेमा रुपन्देही जिल्ला बुटवल–४ निवासी पुरन सिलवाल एवम् शान्ति सिलवाल रहनुभएको बृद्धाश्रम अध्यक्ष सिद्धिलाल श्रेष्ठले बताउनु भएको छ ।

बृद्धाश्रममा रहेका कर्मचारीहरुलाई तलब दिन, बृद्धाहरुलाई औषधि उपचारका लागि नगदको आवश्यक हुने भएकाले बृद्धाश्रमले सहयोग गर्न आह्वान गरेको थियो । सहयोगी सिलवालले अन्य आश्रमहरुमा पनि सहयोग गर्दै आउनुभएको छ । सोमबार बृद्धाश्रम परिसरमा उपस्थित भएर सिलवालले बृद्धाश्रमको कार्यमा सहजीकरणका लागि सहयोग गर्नुभएको छ । सिलवालले एक वर्षका लागि मासिक ३० हजारको दरले ३ लाख ६० हजार प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

निर्णयसँगै पहिलो किस्तामा सिलवालले साउन र भदौ दुई महिनाको ६० हजार प्रदान गर्नुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सहयोग रकम हस्तान्तरण गर्दै सिलवालले बृद्धाश्रममा राम्रो कार्य हुँदै गएमा आगामी वर्ष पनि सहयोगलाई निरन्तरता दिनसक्ने बताउनुभयो ।

Exit mobile version