Home मुख्य समाचार लेनदेन बिगोमा फरार प्रतिवादी पण्डित पक्राउ

लेनदेन बिगोमा फरार प्रतिवादी पण्डित पक्राउ

फरार प्रतिबादी मुक्तिनाथ पण्डित ।

हेटौंडाः लेनदेन बिगोमा फरार प्रतिवादी मुक्तिनाथ पण्डितलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रतिवादी पण्डितलाई गत शुक्रबार हेटौंडा–१० बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लेनदेन बिगोमा लागत नम्बर २६८/२१६५ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट फैसला भई पण्डितलाई कैद तथा जरिवाना ठहरको फैसला भएको थियो । अदालतको फैसलापश्चात् पण्डित फरार रहेका थिए । प्रतिवादी पण्डित तनहुँ जिल्ला भानु नगरपालिका–४ बस्ने गोपीनाथ पण्डितको नाती, रुद्रनाथ पण्डितको छोरा मुक्तिनाथ पण्डित भएको प्रहरीले उल्लेख गरेको छ । प्रतिवादी पण्डितलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी काठमाडौं जिल्ला अदालत बबरमहल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version