Home मुख्य समाचार विद्यार्थीमाथि यौन दूव्र्यवहार गरेको अभियोगमा वडा अध्यक्ष विरुद्ध पक्राउपुर्जी जारी

विद्यार्थीमाथि यौन दूव्र्यवहार गरेको अभियोगमा वडा अध्यक्ष विरुद्ध पक्राउपुर्जी जारी

सांकेतिक तस्विर ।

हेटौंडाः राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा कैलाश गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुवन सिं घलानविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सोमबार जिल्ला अदालत मकवानपुरबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभएको छ ।

राष्ट्रपति रनिङशिल्ड विद्यालय खेलकुदको जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन हेटौंडा आएको मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविका विद्यार्थीमाथि असार १८ गते वडा अध्यक्षले विद्यार्थी बसेको होटलमै पुगेर यौन दुव्र्यवहार गरेको पीडितको आरोप छ । वडा अध्यक्ष घलानले यौन दुव्र्यवहार गरेको भन्दै पीडित विद्यार्थीले शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएको हो ।

Exit mobile version