Home कला बालबालिकाको लागि लोक छन्द कार्यशाला

बालबालिकाको लागि लोक छन्द कार्यशाला

हेटौंडाः झरना साहित्यिक परिवारको २७९औँ साहित्य शङ्खला अन्तर्गत लोक छन्द विशेष कार्यशाला आज आईतबार सम्पन्न भएको छ । कार्यशालामा बकैया गाउँपालिकाभित्र रहेका ७ वटा माध्यािमक विद्यालय र आधारभूत विद्यालयको ६० जनाभन्दा बढी बालबालिकाहरुलाई लोक छन्द लेखनको प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो ।

प्रशिक्षकको रुपमा झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वनाथ सञ्जेल रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले गाउँपालिकाले कला, साहित्य र संस्कृतिको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले “झरना–बकैया वाङ्मय प्रतिष्ठान” लाई पालिकाकै अङ्गका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धब सापकोटा, सल्लाहकार जनार्दन खनाल, सीता खनाल, कृष्णप्रसाद घिमिरे, चिरञ्जीवी लामिछाने, कृष्ण घतानी, अमृता लामिछाने, स्वस्तिका दाहाल, हरिप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष दीपक गौतमले गर्नुभएको थियो भने सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएको थियो ।

Exit mobile version