Home कला आँचल साहित्य कला पुञ्जमा भावना

आँचल साहित्य कला पुञ्जमा भावना

भावना सापकोटा

हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा निर्वाचित हुनुभएको छ । सापकोटाको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।

शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम चयन हुनुभएको छ । यस्तै सदस्यमा भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी र ज्योत्सना श्रेष्ठ चयन हुनुभएको छ । ३ वर्षे कार्यकालका लागि नवनिर्वाचित समितिले कार्यसमितिमा २ जनालाई मनोनित गरी ११ सदस्यीय समिति बनाउने नवनिर्वाचित अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभएको छ ।

Exit mobile version