हेटौंडाः भीमफेदी गाउँपालिका–२, भैंसेबाट लागुऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भैंसेस्थित प्रहरी चेकपोष्टबाट बा २९ प ३०४४ नम्बरको मोटरसाइकलमा सवार मकवानपुरको कैलाश गाउँपालिका–४ झ्याङगेका २४ वर्षीय विजय लामा भनेर चिनिने मानबहादुर मोक्तानलाई ६ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले मोक्तानलाई हिरासतमै राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
